Poleko Makai
Poleko Makai

Poleko Makai

Product Details

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बुक्स हिमालयले बजारमा ल्याएको हो । मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु ‘पोलेको मकै’मा समावेश गरिएका छन । सर्जक गङ्गा कर्माचार्य पौडेलको सम्पादनमा रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकै’को आवरण निकै आकर्षक छ ।


राजकुमार प्रजापतिको चित्र रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकैको व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ भने मूल्य ९९ सय रुपैयाँ तोकिएको छ । यस पोलेको मकैमा पहाडी भेगका विषय बस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । विद्यालय तहका सबै विद्यार्थीहरुका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकारको भनाई छ ।