Ghar
Ghar

Ghar

Product Details

घर  केटाकेटीको कलिलो मस्तिष्कलाई ध्यानमा राखेर लेखिएको कविताको किताब हो। यसको विषयवस्तु र भाषा दुवै सरल छन्। प्रत्येक प्राणीको आफ्नो रहने ठाउँ हुन्छ, जसलाई हामी सामान्यतया घर भन्छौँ। कविले यस किताबमा यही कुरो आफ्नो कवितामार्फत भन्न खोजेका छन्। हामी मानिसहरूका मात्र होइन पशुपंक्षीहरूको पनि घर हुन्छ। यिनीहरूका घरलाई हामी गुँड, दुलो, टोडको, घार, खोर आदि भन्ने गर्छौं। त्यही कुरा साँवा अक्षर छिचोलेका सात-आठ वर्ष उमेरका केटाकेटीलाई रमाइलो तरिकाले कविताका माध्यमबाट बुझाउन खोजिएको छ।