Dayalu Rukh
Dayalu Rukh

Dayalu Rukh

Product Details

दयालु रूख नामक यो किताब अमेरीकी बालसाहित्यका लेखक शेल सिल्भरस्टिनले लेखेका हुन्। केटाकेटीको किताब रमाइलो हुनुपर्छ। यसले गर्दा केटाकेटीको रुचि पढ्नमा जाग्छ। दयालु रूख शीर्षकको यस कथामा एउटा रूख र केटाबीचको मित्रतालाई चित्रण गरिएको छ।

सानो हुँदा केटो रूख चढ्छ, फल खान्छ र थाकेको बेला रूखको छहारीमा सुत्छ। तर केटो ठूलो हुँदै गएपछि रूखकहाँ आउन छाड्छ। यसरी यस कथाले मान्छे तथा प्रकृतिबीचको सम्बन्धलाई औँल्याउँदै मान्छेको स्वार्थीपनबारे सावधान गरिएको छ।