Yugaarambha
Yugaarambha
Yugaarambha
Yugaarambha

Yugaarambha

Product Details
  • ISBN 13:9789937737401
  • Author:Bijaya Kharel
  • Publisher:We Read
  • Genre:Nepali Fiction
  • Language: Nepali
  • Publish Year:2021
  • Edition:First Edition
  • Cover:Paperback
  • Pages:216
  • Size:130 x 15 x 190 mm
  • Weight:255 grams

‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण हो ।विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ तर अभिभावकको दबाबमा होइन कि आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ ।

मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । बिहे गर्न ढिलो भइसक्यो भन्ने आमाको चिन्ताका बीच छोरीहरूले कसरी फरक भूगोल र समुदायका दुलाहा रोज्छन् र त्यसलाई अन्नतः समाजले कसरी साथ दिन्छ ? उपन्यासले नयाँ बहस सिर्जना गराउँछ ।

पछिल्लो बाहिरी पृष्ठबाट
.... "तँलाई थाहै छैन, तिनीहरू मलाई हेर्न हैन, बरु मलाई हेर्ने निहुँमा बाको सम्पत्तिको लेखाजोखा बुझ्न आउनेछन् । बालाई कतिसम्म डस्न सकिन्छ, त्यसैको अनुमान लाउन तिनीहरू आउनेछन् ।

"अनि तँ.. ? हैन तँ बिहे गर्दिनस् कि क्या हो ?" ...