This book is an account of the life experiences of women. The grandmothers included in the collection are eighty years old. In their diverse social and cultural milieu, stories of past times, societies and histories have come alive. In the stories of grandmothers, there are also traces of historical relevance that society has forgotten or considered unimportant.
नेपालमा उखान छ, "आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको ।" यो उखानअनुसार कुरा पुरुषहरूकै सुन्नु पर्दछ । हाम्रो समाजमा पुरुषका बोली, अनुभव, ज्ञानगुनका कुराले वैधानिकता पाउँछ ! 'महिलाहरूले पनि जानेका हुन्छन र महिलासित भएका ज्ञान र अनुभव पनि महत्त्वपूर्ण हुन्छन्' भन्ने कुरामा विश्वास गरिंदैन । त्यसैले होला महिलाका भनाइहरूको उद्धरण दुर्लभ छ ।
एकातिर नेपाली नारीहरूले 'पढे बोक्सी हुन्छन्', 'पढे पोइल जान्छन्' भन्ने कुसंस्कारमा हुर्कनु पर्यो, अर्कोतिर विकसित देशका नारीहरू आफ्नो हक, हित र अस्तित्वको लडाईंमा अग्रगामी बने । यो पुस्तकका धेरै पात्रहरूको कथा पढ्दा थाहा हुन्छ, उमेरको आठ दशक कटिसक्दा पनि शिक्षाको तिर्सना कसरी उनीहरूको मनमा आलो घाउ बनेर रहेको छ । हाम्रा धेरै हजुरआमाहरूले अक्षर नचिनेका कारण संसार देख्न पाएनन् र आफूले चाहेअनुसारको जीवन जिउन पाएनन् ।