Raniban
Raniban

Raniban

Product Details

उपन्यास केहि अंश

भेट भयो 
दुई युवायुवतीको रोमाञ्चाकारी भेट ! बत्ति बलेको कोठाझैँ दुवैको मुखमण्डल उज्यालो ।

सडकमा बिजुलीको स्तम्भझैँ एकोहोरो चकित आखामा दुवै एकादोस्राका बिम्ब खिच्न थाले ।  भावनाको मुस्लो नानमा रुमल्लिरहे पनि तिनीहरु शान्तझैँ देखिन्थे ।  भित्र कम्पन, बाहिर निश्चलता, भित्र निश्चलता, बाहिर कम्पन, नदीको ढलपल डुङ्गा जीवन ।

के तिमी उही तर हौ ?
के तिमी उही उत्तम हौ ?

दुवैले सोचे - विभिन्न स्थितिको मान्छे बेग्लैजस्तो लाग्ने, कलेजमा पढ्दा बेग्लै, सञ्जालमा हेर्दा बेग्लै, अहिले बेग्लै, बेग्ल्याइँमा  पहिचान खोज्नुपर्ने !
दुवैले एकसाथ गम्लङ्ग अँगालो मारे । नाकाबाट तातो सास उडिरहयो । पातलो पसिनाले शरीरलाई चोख्यायो । फेसबुक, अनलाइनमा पाँच वर्षपछि भेटिएका पूवर्सहपाठी । अहिले साक्षात् भेटमा ।

झन्डै उस्तै उस्तै । चोकमा यात्रीहरुलाई लोभ्याउदै अमिलो, पिरो र नुनिलो मिसाएर कुनै युवाहिले बनाएको खाऊ खाऊ लाग्ने चनाचटपटे जस्ती !