Premalaya
Premalaya

Premalaya

Product Details

अब त केवल एउटा सन्नाटा बाँकी छ । ति दिन सबै चराजस्तै भुरुरु उडेर गएका छन् । र, मस्तिष्कको स्मृति एल्बममा केवल यादहरु बाँकी छन् । तिनै यादहरुका गुजुल्टाबाट मैले जिन्दगीको नयाँ बाटो खोज्नु छ ।

'प्रेम के हो ?' सायद प्रेमालयको सबैभन्दा महत्वपूर्ण प्रश्न यहि थियो । आज मलाई लाग्छ, जवाफ तिमीले दिएर गएका छौ । तिमीले मेरो ओठमा सधै मुस्कान खोज्यौ र आँसु पोतेर गयौ । तिमीले सधै मलाई पाउने चाह राख्यौ र आफैंले छोडेर गयौ । यहींनेर छ, प्रेमको परिभाषा ।