गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको। सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।
वास्तवमा हामी पहेंलो रंगमार्फत राजषी ठाँट वा अहंबाट मुक्त रहनुपर्ने हो। तर मानिसहरूको समाज विचित्रको छ। व्यक्ति लोभ, मोह, अहंलाई नै। पच्छ्याइरहन्छ र ऊ कहिल्यै मुक्त हुन रुचाउँदैन यो जञ्जालहरूबाट ।।
पहेंलिनमा व्यथा छ । परापूर्वकालदेख बोकेर आएको रोगबाट मुक्ति।
खोज्नमा संसारको उत्थान छ, न कि यसभित्र भासिएर आफूपतन हनुमा ।। 'उपचार आफैसँग हुन सक्छ तर खोजी कसले गर्ने ?
अम अर्थात मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिम्सबाट डिपोर्ट। भएको आलोक हयालसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ। पहेंलपुरमा रुमल्लियो।
'पहँलो छ दृष्टि, पहेंलो फूल, पहेंलपुर छ संसार ।