Nirvana
Nirvana
Nirvana
Nirvana

Nirvana

Product Details

Nirvana weaves into its plot the myriad facets of psychology, love and philosophy.The book is sure to provide the readers a unique taste, for it gives the readers an excitable sense of a psychological drama.

यो जीवन नामको तत्त्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुटकारा पाउने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ?

उपन्यासकी नायिका मोनिका भन्छे, 'खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिंड्नु मात्रै जीवन हो भने यो झर्कोलाग्दो छैन त ?

यस्ता प्रश्न ज्यादातर दर्शनको रौंचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ । सिद्धान्त र दर्शनको नीरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ । आख्यानमा पढूँ-पढूँ लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमिको सिर्जना सायदै भएको छ । यस अर्थमा एक कोसेढुङ्गा हो निर्वाण |

यो मूलतः प्रेम, आनन्द र सत्यको त्रिवेणी हो भने मनोविज्ञान यसको आधारभूमि | सत्य र आनन्द चाहने सबैलाई तान्ने पुस्तक हो यो । विधामा आख्यान भए पनि स्वाद यसको उत्प्रेरणादायी पुस्तकको छ । पढ्ने हरेकले आफैलाई भेट्नेछ, आफैलाई पाउनेछ | सनसनीपूर्ण घटनाक्रम र पात्रहरूका विस्मयकारी मिलन अनि विछोडले पुस्तकलाई अत्यन्त पठनीय बनाएको छ ।

युवादेखि पाकासम्म सबका लागि उपयोगी र उपयुक्तसमेत हुनु निर्वाणको अर्को विशेषता हो । मनोविज्ञानलाई यति नजिकबाट उधिनिएको नेपाली साहित्यको विरलै आख्यानमध्येको एक हो यो ।