Madhyahan Julke Gham Ra Godhuli
Madhyahan Julke Gham Ra Godhuli

Madhyahan Julke Gham Ra Godhuli

Product Details

तीसवर्षे पञ्चायती शासनको अन्त्य, दश वर्षे माओवादी युद्ध, दरबार हत्याकाण्ड, दोस्रो जनआन्दोलन, मधेश विद्रोह र गणतन्त्र स्थापनाजस्ता युगान्तकारी घटनालाई मध्याह्न, गोधूली र झुल्केघाम गरी तीन खण्डमा बुनिएको यो उपन्यास एक पत्रकारले देखे-भोगेको त्रासदीपूर्ण दस्तावेज हो । राजनैतिक घटनासँगै आर्थिक शोषण, ग्रामीण समाजको दुर्दान्त र प्रेमलाई वर्गीय दृष्टिकोणले गिजोल्ने शहरिया समाजको चरित्रलाई देखाइएको यो उपन्यासमा जीवनका सातै रङ्ग समेटिएको छ- जसमा सङ्घर्ष, वेदना र वियोगको रङ गाढा छ ।
जीवनका अनेक आयामलाई नियाल्दै करिब दुई दशकयता काठमाडौँमा क्रियाशील ईश्वर दाहाल एक कुशल सञ्चारकर्मी हुन् । यसअघि उनका एक महाकाव्य र एक कथासङ्ग्रह प्रकाशित भईसकेका छन् ।