ऐलानी विवेक ओझाको पहिलो आख्यान हो । यसअघि उनका एक गजलसङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित छन् ।
यस उपन्यासमा वादी समुदायको सामाजिक अवस्थालाई नजिकबाट अध्ययन गर्ने प्रयत्न गरिएको छ । उक्त समुदायको मनोविज्ञानलाई स्थानीय स्वरमा बयान गर्दै, लेखकले मूल्य, मान्यता र दर्शनको कठघरामा सामाजिक परिवर्तनको सपनालाई उभ्याउने हिम्मत गरेका छन् ।