मनोरञ्जन उद्योग रङ्गिन दुनियाँ हो ।
मेरो प्रश्न छ - कसका लागि रङ्गिन ?
यो उद्योग पुरूषका लागि रङ्गिन होला, महिलाका लागि रङ्गिन छैन ।
दुःखका यदि दुई-चार रङ्ग हुन्छन् भने मनोरञ्जन उद्योग महिलाका लागि पनि रङ्गिन छ ।
यो जगतै पुरूषले बनाएको हो । मनोरञ्जन उद्योग पनि पुरूषले पुरूषद्वारा पुरूषका लागि बनाएको हो । त्यसैले अन्य क्षेत्रमा जस्तै यहाँ पनि महिला नै बढी पीडित छन् ।
रङ्ग पत्रकारिताको अनुभवमा म यति भन्न सक्छु- यो जति फिका दुनियाँ अर्को बिरलै हुन्छ । यहाँ मनोरञ्जन उद्योगका केही मान्छेका फोहोरी नियतको शिकार भएका महिला पात्रहरूको कथा छ, जो चौतर्फी शोषणमा परेका छन् । किताबमा परेका दुई-तीन पात्र भने समयक्रममा भेटिएका दुःखी मान्छे हुन् ।