Nepali Balbangyamay Parichaykosha
Nepali Balbangyamay Parichaykosha
Nepali Balbangyamay Parichaykosha
Nepali Balbangyamay Parichaykosha

Nepali Balbangyamay Parichaykosha

Product Details

This book is on the bibliography of children book in Nepali. It has not listed the books but gives a brief introduction on books too.

करिब दुई दशक अघिसम्म पनि नेपाली बालसाहित्यलाई  महत्व नदिइएका कारण यस क्षेत्रको विकास ढिलो गतिमा भएको देखिन्छ । यस्तो स्थितिमा नेपाली बालसाहित्यअन्तर्गत कुन विधामा कस्ता किसिमका कृति कसले लेखेका छन् ,  के–कस्ता प्रकाशकहरूको यस क्षेत्रमा संलग्नता छ भन्ने तथ्यबारे खोजविन गरी नेपाली बालसाहित्यबारे सबैलाई जानकारी गराउने प्रयोजनहेतु नेपाली बालवाङ्‍मय परिचयकोशको निर्माण गरिएको हो । यस कोशमा प्राप्त भएसम्मका बालसाहित्य र बालवाङ्‍मयका करिब १,२८० कृतिहरूबारे जानकारी दिइएको छ । नेपाली बालसाहित्यका क्षेत्रमा यो यस किसिमको पहिलो कृति हो । यस परिचयकोशले नेपाली बालसाहित्यका अध्येता र अनुसन्धानकर्ताहरूलाई नेपाली बालसाहित्यबारे थप अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने छ भने बालसाहित्य लेखकहरूलाई विगतमा के–कस्ता कृतिहरू निस्किए, अब विषय, शैली र भाषाका दृष्टिले के–कस्ता कृतिहरू लेखिनुपर्छ भन्ने विषयमा पनि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

प्रमोद प्रधान राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक हुन् । तीन दशकभन्दा बढी समयदेखि साहित्य र पत्रकारिता दुवै क्षेत्रमा क्रियाशील उनको सम्पादन/सह-सम्पादनमा आठओटा पुस्तक प्रकाशित छन् । त्यस्तै तीनओटा कविता सङ्ग्रह, तीनओटा बाल कविता सङ्ग्रहका साथै केही केही अध्ययनः केही अनुसन्धान (२०४४), नेपाली बालसाहित्यको इतिहास (२०५७) र मोरङमा पत्रकारिताको अर्धशताब्दी (२०६१) उनका महत्वपूर्ण मौलिक कृतिहरु हुन् ।