लगनशील, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ- सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति बाधक ! कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाको ऐना त देखाउँछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुऱ्याउनेछ । र बनाउनेछ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । कोइरालाले अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्तताबीच जेजति गर्न सके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ- भगवान (कोइराला), सलाम !
Hridaya
Product Details
- ISBN 13:9789937746304
 - Author:Dr. Bhagawan Koirala
 - Publisher:Fineprint Books
 - Genre:Nepali Autobiography / Memoir
 - Language: Nepali
 - Publish Year:2022
 - Edition:First Edition
 - Cover:Paperback
 - Pages:227
 - Weight:340 grams
 








