लेखक कै सब्दमा- हरेक मानिस आफ्नो समयको साक्षी हो । यति ठुलो ब्रम्हाण्डमा एउटा सानो पिण्ड पृथ्वीको पनि एउटा कुनामा खनिखोस्री जीवन कटाउने ब्याक्तिले जिएको जीवनको खासै अर्थ हुदैन । तर, एउटा व्यक्तिका लागी भने उसको जीवन नै उसको अस्तित्वको दस्ताबेज हो । त्यही एउटा साधारण व्यक्तिले भोगेको समय र आफ्नो इतिहास को दस्ताबेज हो यो पुस्तक घुमीफिरी बन्दीपुर ।
"मेरा पुराना मित्र चीजकुमार श्रेष्ठद्वारा लिखित घुमफिरी बन्दीपुर पढ्दा बढी रमाइलो लाग्यो । रमाइलो लाग्नुको विशेष कारण छ । चीज़ र म झण्डै उही उमेरको हुनाले हामी दुवैले अनुभव गरेको कालखण्ड उही हो ।...
पुस्तकले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौंजस्तो सहरमा आएर अनेक कठिनाइ झेल्दै एउटा युवकले मिहिनेत र इमान्दारीबाट व्यक्तिगत र सार्वजनिक जीवनमा कसरी सफलता हासिल गयो भन्ने प्रस्ट्याउँछ । यस हिसाबले पनि पुस्तक युवा पीढीका निम्ति प्रेरणादायी छ ।"
केदारभक्त माथेमा