Ek Jyan Dui Juni
Ek Jyan Dui Juni

Ek Jyan Dui Juni

Product Details

एक ज्यान दुई जुनी आत्मवृत्तान्त होइन, डा. देवेन्द्रराज पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो । अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् । "काठमाडौं मानसिकता"सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै जनमतसङग्रहका बेला देशप्रतिको निष्ठाका कारण अर्थ मन्त्रालयको सचिवबाट राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन् । दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन् । दोस्रो जुनीमा उनले काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन् । सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गरेका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक । यो हाम्रो असफल विकास यात्राका कार्यकारण सम्बन्धहरूको विवेचना, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो । विकसित, लोकतान्त्रिक र सामाजिक न्यायसहितको नेपाली समाजको सपना देख्नेहरूका लागि यो प्रेरणादायी पुस्तक हो ।