लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ । ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ । काठमाडौँमा विकसित वजयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ ।
यस्तो किन भयो भने— नेपालले कुनै बेला गङ्गातट र तिब्बती । पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो । काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । यो ठाउँ भारत-भोट-चीनबीच ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल भएको थियो । भारतबाट सक्खर (चिनी) बनाउने विधि चीन जाँदा होस् वा चीनबाट कागज बनाउने विधि भारत पुग्दा, नेपाल नै त्यसको माध्यम थियो ।
यताबाट बुद्धको विचार हिमालपारि गएको थियो, उताबाट' माओको राजनीतिक विचार यता आएको थियो । धर्म, कला, व्यापार र विद्रोह हिमालपार सम्बन्धका अभिन्न अङग बनेका थिए ।
यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको ३ करिब १,५००/- वर्षे उथलपुथलपूर्ण यात्रालाई केलाएको छ । लेखक सुधीर शर्माले गरेका स्थलगत भ्रमण, स्रोतव्यक्तिहरूसँगको अन्तर्वार्ता, अप्राप्य दस्तावेजहरूको विश्लेषण र थुप्रै शोध सामग्रीहरूको अध्ययन पुस्तकमा प्रतिविम्बित हुन्छ ।